साउथका फिल्म गर्नका लागि तमन्ना भटियाले तमिल र तेलुगु ल्यांग्वेज सिकेकी थिइन तर उनलाई हिन्दी बोल्न भने राम्रोसँग आउँदैनन् । सोर्सको खबरलाई आधार मान्ने हो भने बलीउड फिल्मका लागि अहिले तमन्ना हिन्दीको क्लास पनि लिइरहेकी छिन् । तर, उनले केही बलीउड फिल्ममा पनि गरेकी छिन् तर कुनै पनि फिल्मले बलीउड बक्स अफिसमा कमाल गर्न सकेनन् । हालैमा एक अन्तर्वार्ताको क्रममा तमन्नाले भनिन्, ‘म आफ्नो कमजोरी टाढा राख्ने कोशिस गरिरहेको छु र चाँडै हिन्दी क्लासेस पनि ज्वाइन गर्ने तयारीमा छु । यस्तैमा, बलीउडमा अगाडी बढ्नका लागि मलाई कसैले सक्दैन ।’ तमन्नाले अहिलेसम्म साउथको ५ फिल्म गरिसकेकी छिन् र ‘क्वीन’ को तमिल भर्जनमा लिड रोल प्ले गर्दैछिन् ।