‘सपने सुहाने लडकपन के…’ मा लिड रोल प्ले गरिसकेकी महिमा मकवानाले सानो उमेरमा नै टिभी इन्डष्ट्रीमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । खासमा १७ बर्षकी महिमा दुई अरु पनि शो ‘दिल की बातें दिल ही जानेु र ‘अधूरी कहानी हमारीु मा पनि रोल प्ले गरिसकेकी छन् । महिमा जब चार महिनाकी थिइन् तब उनको पिताको निधन भएको थियो । त्यसपछि उनको लालनपालन उनकी आमाले गरेकी हुन । त्यसपछि दहिसरको एक कोठामा रहेर उनीहरुले १५ बर्ष स्ट्रगल गरे । टिभी इन्डस्ट्रीमा इन्ट्री लिएपछि २०१५ मा उनले मूम्बईको मीरा रोडमा घर किनेकी थिइन ।
बलीउड भाष्कर अनलाइनसँग कुराकानी गर्दै महिमाले भनिन्, ‘मैले आफ्नो जिन्दगीमा कयौं उतारचढाव देखेकी छु । १३ बर्षको उमेरदेखी मैले अभिनय करिअरको सुरुवात गरेकी थिएँ । तर, यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन त्यति सजिलो थिएन । मलाई अझै पनि याद छ कि मैले ५०० भन्दा बढी अडियन्स दिएको छु । प्रत्येकमा म रिजेक्ट हुन्थें । कयौं पटक फेल भएपछि मैले आफ्नो सपना भूल्ने मन बनाएको थिएँ । तर, आमाले मलाई मोटिभेट गर्नुहुन्थ्यो ।’ उनले अगाडी थप्दै भनिन्, ‘आज म जहाँ छु, त्यो आमाकै विश्वास र डेडिकेशनको कारणले छु । धन्य छु कि लिड रोलको रुपमा मलाई सपने सुहाने लड़कपन के मिल्यो । यो सिरियलपछि मैले आफ्नो करिअरलाई कहिलेपनि मोडेर हेर्नु परेन । म आफैलाई प्राउड फिल हुन्छ कि बिना कुनै गडफादरको इन्डस्ट्रीमा मैले आफ्नो स्थान बनाएँ ।’