गएको केही महिनादेखी आफ्नो प्रोफेशनल प्रोजेक्ट्स पूरा गर्नका लागि बलीउड अभिनेत्री सनी लियोनी अहिले फिल्मबाट ब्रेक लिएर अमेरिकामा छिन् । खासमा, सनी अमेरिकामा आराम गर्नका लागि होइन, उनी आफ्नो स्किल्सलाई अझ राम्रो बनाउनका लागि गएकी हुन । सनीले स्क्रिप्ट राइटिंग र एडिटिंग सिक्नका लागि लस एन्जिलसको एक इन्स्टिट्यूटमा भर्ना भएकी छिन् ।
खासमा सनी अहिले फिल्मको टेक्निकल चिज सिक्नका लागि ध्यान दिइरहेकी छन् । जब यस विषयमा सनीसँग सोधियो तब उनले भनिन्, ‘म यो कोर्सको बारेमा निकै पहिलादेखी सोचिरहेकी थिएँ तर समय मिलिरहेको थिएन । म नयाँ चिज खिक्नका लागि दोस्रो पटक स्कूल जानका लागि निकै एक्साइटेड छु ।’ बताइदिउँ कि केही दिन पहिला सनी वेकेशनका लागि भन्दै मेक्सिको गएकी थिइन ।