अन्तरजातिय प्रेमकथामा आधारित भएर निर्माण भएको दयाहाङ राई र केकी अधिकारी स्टरर मूभी घामपानीको तामाङ सेलो गीत रिलिज भएको छ । ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फुलकुमार बम्जनको शब्द सुन्न पाइन्छ । गीतलाई सञ्जीव वाइबा, फुलकुमार बम्जन र जितु लोप्चनले गाएका हुन् । गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउँमा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ । गीतको भिडियामा तामाङको छोरा दयाले बाहुनकी छोरी केकीलाई तामाङ संस्कृति अनुसार आफ्नो घर भित्राएका छन् । वैशाख १ गते रिलिज हुने ‘घामपानी’ मा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ । चलचित्रको माग अनुसार नै तामाङ सेलो समेटिएको निर्देशक दीपेन्द्र लामाले अवगत गराए । गीतले चलचित्रको प्रमोसनमा फाइदा पुग्ने पनि उनको आशा छ ।