हलीउड सिंगर टेलर स्विफ्ट आजकाल इन्टरनेटमा निकै छाइरहेकी छिन् । किनकी एक मेकअप आर्टिस्ट एप्रिल ग्लोरियाको अनुहार उनीसँग निकै मिल्छ । टेलर जस्तै देखिने भएका कारण अहिले यी यूवती सोसल मिडियामा खुबै हिट भइरहेकी छन् । एप्रिल एक मेकअप आर्टिस्ट र कोसप्ले शोको होस्ट हुन । एप्रिलको इन्स्टाग्राममा बढी जसो तश्वीरहरु यस्ता छन्, जुन जस्ताको त्यस्तै टेलर स्विफ्ट जस्तै देखिन्छ ।
स्विफ्ट जस्तै रेड लिपस्टिक लगाउँछिन् र उनको जस्तै हेयर स्टाइल पनि गर्छिन । जो पनि पहिलो पटक एप्रिललाई देख्छन्, तब सबै हैरान बन्ने गर्छन । त्यस्तै, टेलर स्विफ्टका फ्यानहरु पनि उनको डुब्लिकेट देखेर चकित परेका छन् । यो खबरपछि अहिले एप्रिललाई लाखौं व्यक्तिहरुले फलो गरिरहेका छन् ।