कलाकारको रुपमा पाइला टेकेपछि सुटुक्क अमेरिकाका लागि भिषा ‘ट्राइ’ गर्नेहरु दिनप्रतिदिन बढ्दै गएका छन् । यसबाट न सरोज खनाल बच्न सके नत ‘कलीउड क्विन’ जल शाह नै । झण्डै एक दशक अमेरिका बसाईपछि नेपाल फर्किए सरोज खनाल तर उनी जस्ता दर्जनौं नेपाली कलाकारहरु अमेरिका पलायन भएका छन् ।
अभिनेत्रीहरुको कुरा गर्ने हो भने सारंगा श्रेष्ठ, पूजा चन्द, युना उप्रेती, जल शाह, नन्दिता केसी, सज्जा मैनाली, ऋचा घिमिरे, उषा पौडेल लगायतका दर्जनौं अभिनेत्रीहरु अमेरिकामै सेटल भैसकेका छन् भने केही अझै तयारी गरिरहेका छन् ।
ठूलो पर्दामा राम्रै जमिरहेको बखत अमेरिका हानिएका अभिनेत्रीहरु मध्येकी एक अर्की अभिनत्री हुन कृष्टि मैनाली । ‘के घर के डेरा’ बाट नेपाली रजतपटमा भित्रिएकी कृष्टि मैनाली एक समयकी सर्वाधिक सफल र व्यस्त नायिका हुन । तर, लामो समय भैसकेको छ उनलाई दर्शकहरुले ठूलो पर्दामा नदेखेको । राजेश हमाल, सरोज खनाल, भुवन केसी जस्ता तत्कालिन सुपरस्टारहरुसँग काम गरिसकेकी कृष्टिको चर्चा अभिनयको भन्दा पनि नृत्यका कारणले बढी हुने गर्थ्यो ।
राम्रै माग थियो, चलचित्रहरु पनि लगातार हिट भइरहेका थिए तर उनी एक्कासी अमेरिका हानिएपछि नेपाल फर्किनन् नत दर्शकहरुले नै ठूलो पर्दामा उनलाई देखे । अब उनी राजेश हमालको अँगालोमा बाँधिएर फेरी ‘आई लब यू’ भन्दै ठूलो पर्दामा फर्किने तयारीमा छैनन् । अहिले उनी अमेरिका बसाईमै रमिरहेकी छिन् ।
उनको फेसबुकमा अपलोड भएका तश्वीरहरुबाट पनि के स्पष्ट हुन्छ भने कृष्टिलाई अब ठूलो पर्दामा फर्किएर दर्शकको ताली र सिठ्ठी खानु छैन किनकी उनी अमेरिका बसाईमै ठूलो पर्दाको मज्जा लिइरहेकी छिन् । युगदेखि युगसम्म, अधिकार, कसम, राधाकृष्ण, लक्ष्मीपूजालगायत थुप्रै चलचित्रकी चर्चित अभिनेत्री कृष्टि अमेरिका पुगेको झन्डै दुई दशक पुग्न लागिसक्यो । तर, उनी त्यसपछि स्वदेश फर्किएको थाहा छैन ।
तर एउटा कुरा, उनी ठूलो पर्दाबाट टाढा रहेपनि आफ्नो फिगरलाई भने खुबै ध्यान दिने गरेकी छिन् । आजभन्दा दुई दशक अगाडी ठूलो पर्दामा देखिने कृष्टि र अहिलेकी कृष्टिमा धेरै फरक देखिन्न किनकी उनले आफ्नो तौलदेखी फिगरलाई राम्रै मेन्टन गरिरहेकी छिन् । जुन हामीले प्रकाशन गरेका तश्वीरहरुमा पनि तपाईहरुले देख्न सक्नु हुन्छ । उज्जवल मैनालीसँग विवाहपछि अमेरिका पलायन भएकी कृष्टि फिल्मी दुनियाँबाट टाढा रहेपनि समाजिक संजालमा भने खुबै सक्रिय रहने गर्छिन ।
उनले बेलाबेलामा फेसबुकमा आफ्नो तश्वीरहरु पोस्ट गरिरहन्छिन्। उनले आफ्नो फेसबुकमा ‘सुइम सुट’ लगाएका तश्वीर समेत शेयर गरेकी छिन् ।