हलीउड फिल्म ‘द ममी’ को दोस्रो ट्रेलर रिलिज भएको छ । यसलाई १५ लाख भन्दा बढीले हेरिसकेका छन् । ‘द ममी’ फ्रेन्चाइजीको यो तेस्रो फिल्म हो, जुन ९ जूनमा रिलिज हुँदैछ । फिल्ममा टम क्रूज र रसेल क्रो जस्ता चर्चित स्टारहरुको मुख्य भूमिका छ । फिल्मको निर्देशन एलेक्स कर्टजमनले गरेका हुन । यो फ्रेन्चाइजीको पहिलो फिल्म १९९९ मा आएको थियो, जसले दुनियाँभरमा दमदार कमाई गरेको थियो ।