पछिल्लो समय कमेडी शोका दुई मुख्य कलाकार कपिल शर्मा र सुनिल ग्रोवरको फ्लाइटमा भएको फाइटका कारण मिडियामा ठूलै चर्चा चल्यो । कहिले सुनिलको समाचार त कहिले कपिल शर्माको समाचारले प्रमुख प्राथमिकता पाए । यस्तैमा यही विषयलाई लिएर बलीउड अभिनेत्री ट्विङ्कल खन्ना पनि चर्चामा आएकी छिन् । बेलाबेलामा उनी सामाजिक सञ्जालमा विवादित बयान दिएर चर्चामा आउने गर्छिन् ।
उनले कपिललाई कटाक्ष गर्दै भनेकी छिन्,‘फ्लाइटमा मानिसहरु विभिन्न खाले व्यवहार गर्छन् । कपिल शर्मा पनि एक उदाहरण हुन् । फ्लाइटमा चक्कु, कैची र क्रिक्रेट ब्याट जस्ता सामानहरु लैजान पाइदैन तर मानिसहरु तीभन्दा पनि खतरनाक हतियारहरु ३० हजार फिटमा लैजाने गर्छन् ।’
उनले थप्दै भनेकी छिन्,‘कपिलले जसरी आफ्नै साथीलाई जुत्ता हानेका छन् म भन्न चाहान्छु कि जुत्ता चप्पल पनि हतियारका रुपमा प्रयोग गर्ने चलन आएको छ ।’ निकै ठट्यौली पारामा टिवइकलले कपिललाई व्यंग गर्ने काम गरेकी छिन् । सुनिलसँग झगडा परेपछि चौतर्फी आलोचनाका कारण घायल भएका कपिललाई ट्विङ्कलले चिढ्याउने काम गरेकी छिन् ।