यस्ता छन् बलीउड कलाकारका नराम्रा बानीहरु :-
कुनाल कपुर
यी अभिनेता कहिल्यै पुरा खाना खाने गर्दैनन् । धर्ममा बढी विश्वास गर्ने भएका कारण अलिकति खाना प्लेटमा छोड्ने गर्छन् ।
डायना हेडन
पुर्व मिस वल्र्ड डायना हेडन जब नुनको प्रयोग गर्छिन् नुनको बट्टा सधै लेफ्ट साइडमा फाल्ने गर्छिन् ।
रानी मुखर्जी
चुरोटको नराम्रो लत बसेको यी अभिनेत्रीलाई बिहान उठ्ने बित्तिकै चुरोट तानिहाल्छिन् । बच्चाका लागि एक वर्ष चुरोट सेवन गर्न छोडेकी बताउने यी अभिनेत्रीलाई बिहान उठ्ने बित्तिकै चुरोट सेवन गर्नैपर्छ ।
सन्नी लियोन
डेव्यु गरेको फिल्म ‘जिस्म २’ को सेटमा सन्नी लियोनले सबैलाई आश्चर्य चकित पारिन् । सन्नी लियोनलाई बारम्बार खुट्टा धुने बानी रहेको छ । यही कारणले गर्दा उनले ‘जिस्म २’ को सुटिङका क्रममा प्रत्येक १५ मिनेटमा गोडा धुन बाथरुप जाने गर्थिन् । सुटिङ ढिला भएपनि उनीले त्यो कुराको वास्था नै गर्थिनन् ।
शाहरुख खान
शाहरुख खानको एउटा नराम्रो बानी रहेको छ । उनी चेन स्मोकर हुन् । उनी प्रत्येक दिन २ देखि ३ बट्टा चुरोट पिउने गर्छन् । उनले बारम्बार यो लत छोड्ने प्रयास गरेतापनि छोड्न नसकेको बताउँदै आइरहेका छन् । घरमा उनी बाथरुममा लुकेर चुरोट पिउने गरेको एक कार्यक्रममा बताएका थिए ।
अमिताभ बच्चन
अमिताभ बच्चन विदेश जार्दै छन् भने दुईवटा घडी हातमा लगाउने गर्छन् । उनको साथमा मोबाइबल पनि तीन चारवटा हुने गरेको बताउृँछन् । विदेशको समय हेर्न र भारतको समय अनुसार आफ्नो काम गर्न उनी यसो गरेको बताउँदै आएका छन् ।
सुस्मिता सेन
यी नायिकाको नराम्रो बानी भनेका यिनी बाथरुममा नुहादिनन् । यिनलाई नुहाउन खुल्ला ठाउँ चाहिन्छ । त्यही भएर यि नायिका टेरेसमा नुहाउने गर्छिन् । उनी प्रकृति प्रेमी हुन् । उनले एकताका पाइथन पनि पालेकी थिइन् ।
जोन अब्रहाम
यी नायकलाई कसैसँग बसेर बोलिरहँदा छ निकै छटिपटि हुन्छ । चेन बसाइमा बस्दा उनी घरी यसो गर्ने घरी उसो गर्ने वा भनौ चलिरहन चाहान्छन् ।
करिना कपुर
अरुको भन्दा यी नायिकाको नराम्रो बानी केही फरक रहेको छ । तपाईलाई लाग्ला करिनाको नराम्रो बानी के नै होला र ? उनको नराम्रो बानी भनेको उनी आफ्नो औला चुस्ने गर्छिन् ।
जितेन्द्र कपुर
यी अभिनेताको अचम्मको बानी रहेको छ । ट्वाइलेटमा फलफुल खान मन पराउँछन् जितेन्द्र । उनी जब ट्वाइलेटका लागि जात्थे तब फलफुल समेत बोकेर लाने गर्थे । ट्वाइलेटमा फलफुल खादाँ उनलाई बेग्लै आनन्द आउने भन्दै त्यसो गरेको उनले बताएका थिए ।
आयुष्मान खुराना
यी कलाकार खाली समय हुने बित्तिकै दाँत माझ्न थालि हाल्छन् ।