दक्षिण भारतीय फिल्मका कमेडियन ब्रह्मानन्दनलाई नचिन्ने कमै होलान् । उनको जन्म सन् १९५६ फ्रेवअरी १ मा जन्म भएको थियो । फिल्ममा आउनुपुर्व उनी तेलगुका लेक्चरर थिए । पढाउँदा समेत विभिन्न खाले एक्टिङ गरेर देखाउने उनको प्रतिभा कोठाभित्रमात्र सिमित रहेन । उनले लक्ष्मी कानेगन्तीसँग विवाह गरेका थिए । उनका दुई सन्तान रहेका छन् । उनले १ हजारभन्दा बढी फिल्महरुमा काम गरेका छन् । सबैभन्दा धेरै फिल्ममा काम गरेका कारण उनको नाम गिनिजबुकमा समेत रेकर्ड रहेको छ ।
फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका कारण सन् २००९ मा उनलाई पद्यावती अवार्डद्वारा सम्मान गरिएको थियो । भारतमा उनलाई एक सफल अभिनेताका रुपमा लिने गरिन्छ । उनीसँग नेटवर्थ ५० मिलियन डलर रहेको छ । उनी एउटा फिल्म खेलेको १ करोड लिन्छन् ।
घर
उनले हैदरावादमा एउटा घर किनेका छन् । उनी आफ्नो परिवारसँग उक्त घरमा बस्छन् । उनको अन्य धेरै सम्पत्ति तथा कृषियोग्य जमिनहरु रहेका छन् ।
कारहरु
-अउडी आर ८–२.९ करोड भारतीय रुपैयाँ
-अउडी किउ ७–८० लाख भारु
-इनोभा १५ लाख