फिल्मभन्दा बढी आफ्नो लभ लाइफलाई लिएर चर्चामा आएकी बलीउड अभिनेत्री दिशा पाटनी एक पटक फेरी आफ्नो फस्र्ट फोटोसुटलाई लिएर चर्चामा छिन् । टाइगर श्राफसँग सीक्रेट डेटिंग गरिरहेकी २४ बर्षकी दिशाले १७ बर्षको उमेरमा यो फोटोसुट गरेकी हुन् । अहिले ग्ल्यामरस लुकमा देख्न लागेकी दिशा यो फोटोसुटमा भने निकै सिम्पल र डिफरेन्ट लुकमा देखिएकी छिन् ।
उत्तरप्रदेशको बरेलीमा जन्मिएकी दिशा वाल्यकालदेखी नै अध्ययनमा भने निकै तेज थिइन् । यही कारण थियो कि उनी भविष्यमा साइन्टिस्ट बन्ने सपना बुनेकी थिइन् । तर, किस्मतले उनका लागि अरु नै चुनेको थियो ।
२०११ मा लखनऊ एमिटी यूनिभर्सिटीमा बायोटेकको अध्ययन गर्दै गर्दा उनी फेशन फिल्डमा आफ्नो पाइला अगाडी बढाइन् । २०१३ मा उनी ‘फेमिना मिस इण्डिया इन्दौर’ को रनर अप रहिन् । २०१५ मा आईं तेलुगु फिल्म ‘लोफर’ बाट उनले डेब्यू गरेकी थिइन् ।