सन् १९९९ मा रिलिज भएको बलीउड फिल्म ‘सूर्यवंशम’ लाई दर्शकहरुले रुचाएपनि बक्सअफिसमा भने कमाल गरेन तर यो फिल्म अहिलेपनि सबैभन्दा चर्चित फिल्म मध्येको एक हो । एक मूभी च्यानलमा हरेक दुई तीन दिनमा यो फिल्म देख्न सकिन्छ । फिल्ममा अमिताभ बच्चनको अपोजिट साउथ इण्डियन फिल्मकी एक्ट्रेस सौन्दर्या रघु देखिएकी थिइन् । फिल्म रिलिजको ५ बर्षपछि सौन्दर्याको मृत्यु भएको थियो । जब उनको मृत्यु भएको थियो, तब उनी गर्भवती थिइन् । तर, परिवारले उनको डेड बड्डी पनि पाएनन् ।
कुरा १७ अप्रिल २००४ को हो । सौन्दर्या भारतीय जनता पार्टी र तेलुगु देशम पार्टीका उम्मेदवारको चुनाव प्रचारका लागि करीमनगर गईरहेकी थिइन् । विहान ११ : ०५ बजे यो फोर सीटर प्राइभेट एयरक्राफ्टले बेन्गलुरुको जक्कुर एयरफील्डबाट उडान भर्यो र करिब १०० फिट माथी जाँदै गर्दा क्र्यास भयो । एयरक्राफ्टमा सौन्दर्याको अलवा उनका भाई अमरनाथ, हिंदू जागरण समितिका सेक्रेटरी रमेश कदम र पायलट जोय फिलिप सहभागी थिए । भार जनाकै मृत्यु प्लेन क्र्यासका कारण भएको थियो ।
मृत्युभन्दा केही महिना अगाडी नै सौन्दर्याले भाजपा ज्वाइन गरेकी थिइन् । जतिबेला सौन्दर्याको मृत्यु भएको थियो, त्यसबेला उनको उमेर ३१ बर्षको थियो । सौन्दर्याको वास्तविक नाम सौम्या सत्यनारायण थियो । उनको जन्म १८ जुलाई, १९७२ मा कर्नाटकको कोलारमा इन्डस्ट्रियलिस्ट र कन्नड़ फिल्मका राइटर के. एस. नारायणको घरमा भएको हो । मृत्युभन्दा करिब एक बर्ष अगाडी २००३ मा सौन्दर्याले सफ्टवेयर इन्जिनियर जी.एस. रघुसँग विवाह गरेकी थिइन् । रिपोर्ट्सका अनुसार, २०१० मा जी.एस. रघुले अर्पिता नामकी यूवतीसँग दोस्रो विवाह गरेका छन् ।