जेठ १९ गतेलाई रिलिज डेट फाइनल गरिएको विल्सन विक्रम राई (तक्मे बुढा) को लिड रोल रहेको चलचित्र ‘रातो घर’ को अफिसियल दोस्रो ट्रेलर रिलिज भएको छ । चलचित्रको ट्रेलर सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । कालो काम गर्ने यूवाहरुको कथामा आधारित चलचित्र रातो घरमा विल्सन विक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहारी, अनुराजमान सिंह कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, जितेन तामाङ, भानु प्रताप लगायतका कलाकारहरुकाचे अभिनय रहेको छ । निकेश लिम्बु प्रस्तुतकर्ता रहेको यो चलचित्र माङ हेम फिल्मस् र तक्मे बुढा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । चलचित्रमा निर्देशक सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईको संयूक्त लगानी रहेको छ ।