सुपरहिट चलचित्र ‘नोभेम्बर रेन’ मा ‘डल्ली’ को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएकी छुल्ठिम गुरुङको ‘नेप्टे’ बन्न नायक दयाहाङ राई तयार भएका छन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘नेप्टे’ को औपचारिक निर्माण घोषणा गर्दै दयाहाङले छुल्ठिमसँग जोडी बाँध्ने पक्का भएको हो । सोसल कमेडी ड्रामामा निर्माण हुने यो चलचित्रको प्रस्तुतकर्ता रोहित रुम्बा हुन । चलचित्रको औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दै नायक दयाहाङ राईले ‘नेप्टे’ नेपालीपन बोकेको चलचित्र भएको बताए । उनले भने, ‘म र रोहित निकै अगाडीदेखीको साथी हौं । रोहितले धेरै पहिलादेखी नै एउटा चलचित्र निर्माण गर्ने कुरा गरिरहेको थियो तर म निकै व्यस्त भएका कारण काम गर्न पाएको थिइन । झण्डै २ बर्ष अगाडी नै ‘नेप्टे’ को स्क्रिप्ट फाइनल भैसकेको थियो तर अहिले आएर संजोग मिल्यो रोहितसँग एकसाथ काम गर्ने ।’
देव कुमार श्रेष्ठको निर्देशन रहने यो चलचित्रमा दयाहाङ र छुल्ठिमका अलवा रोहित रुम्बा, माला लिम्बु, बुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई, बाबु बोगटी, जय किशन बस्नेत, उत्तम केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
कार्यक्रममा बोल्दै चलचित्रकी लिड नायिका छुल्ठिम गुरुङले पहिलो पटक नायक दयाहाङ राईसँग स्क्रिन शेयर गर्न पाउँदा निकै खुसी महशुस गरेको बताइन् । उनले भनिन्, ‘म रियलमा जस्तो छु मेरो क्यारेक्टर पनि चलचित्र नेप्टेमा त्यस्तै छ । निकै खुसी छु कि पहिलो पटक नायक दयाहाङ राईको अपोजिटमा काम गर्दैछु ।’
चलचित्रका नायक तथा प्रस्तुकर्ता रोहित रुम्बाकै कथा रहेको यो चलचित्रमा किरण माइकल घिमिरेको स्क्रिन प्ले र डाइलग, हरी घले लामाको सिनेम्याट्रोग्राफी, रोसन श्रेष्ठको द्धन्द्ध, दिनेश पाख्रिङ र कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज, सोम सुनार र रोहित रुम्बाको संगीत छ भने उदित नारायण झा, बाबु बोगटी, मिलन अमात्य, सलिना कुँवर, ओम सुनार, सावित्री जोशी, दीपा लामा र रोहित रुम्बाको गीतमा आवाज रहनेछ । ‘