पछिल्लो हप्ता रिलिज फिल्म ‘लभ लभ लभ’बाट नेपाली फिल्म उद्योगले नयाँ निर्माता पायो । डेढ करोड बजेटको उक्त फिल्म रिलिज भयो । निर्देशक दिपेन्द्र के खनालको कामले चौतर्फी तारिफ पायो । ठुलो लगानीमा बनेको स्तरिय र उत्कृष्ट फिल्म अनि डेब्यू अभिनेता सुरज पाण्डे र स्वस्तिमा खड्काको कामले पनि चर्चा पायो ।
पहिलो फिल्ममा नै करोड बढि लगानी गरेकी निर्मात्री शर्मिला पाण्डेले अब भने उनै निर्देशक खनाललाई लिएर नयाँ प्रोजेक्ट निर्माण घोषणा गरेकी छिन् । अनटाईटल प्रोजेक्टको लागत नै पाँच करोड हुने पाण्डेले बताईन् । यो बजेट नेपाली फिल्म उद्योगमा लगनाी हुन लागेको हालसम्मकै ठुलो हुनेछ ।
पछिल्लो समय फिल्म उद्योगको बजार विस्तार हुँदै गर्दा उद्योगप्रति लगानीको लागी अग्रसर हुने क्रम बढ्दो छ । यो भीडमा पाण्डे पनि थपिएकी हुन् । बिग बजेटमा बन्न लागेको फिल्ममा स्टारकास्ट लाई प्राथमिकता दिने अनि उच्च मेकिङमा कुनै कन्जुस्याईं नगर्न कै लागी ठुलो बजेट अघि सारिएको पाण्डेले बताईन् ।
सुरज सिने आर्ट्सको व्यानरमा बन्ने फिल्मको यहि हप्ता एक कार्यक्रमका बीच औपचारिक घोषणा हुनेछ । फिल्मलाई यहि बर्षको फागुनमा रिलिज गर्ने बताईएको छ । निर्दशक खनालले कन्सेप्ट तयार भएको भन्दै स्कृप्टको काम अघि बढेको बताएका छन् । फिल्म सामाजिक कथामा तयार हुनेछ ।