नेपाली मुलकी वलिउड अभिनेत्री मनिषा कोईराला लामो समयपछि पर्दामा पुनरागमन गर्दैछिन् ।सन् १९९० को दशककी चर्चित यी अभिनेत्री क्यान्सर रोगलाई जित्दै दोश्रो जीवन लिएर फर्केकी थिईन् । उनले सुनैन भटनागर निर्देशित फिल्म ‘डियर माया’ मार्फत कमब्याक गर्दैछिन् ।
चर्चित निर्देशक ईम्तियाज अलीका एसिस्टेन्ट सुनैनको उक्त फिल्मको पछिल्लो पटक टिजर सार्वजनिक भएको छ । जहाँ उनको मन छुने अवतारमा देखाईएको छ । मनिषाले एक बृद्ध महिलाको भुमिका यो फिल्ममा निभाएकी छिन् ।
मनिषा स्टार अभिनेता सञ्जय दत्तको बायोपिकमा पनि देखिँदैछिन् । पछिल्लो हप्ता नेपालमा रहेकी मनिषाले एक टेलिभिजनमा दिएको अन्तर्वार्ता यतिबेला युट्युवमा पनि चर्चामा छ । सम्राट दाहालसँगको वैवाहिक सम्बन्ध विच्छेद पछि उनि अहिले सिंगल छिन् ।