नेपाली सिने वृत अनि रंगिन दुनियाँमा गायिका भएर पनि नायिकामा भएको गुण छ भन्ने चर्चा चल्छ, ईन्दिरा जोशीको बारेमा । बोल्ड स्वर अनि आकर्षक जीउडालकी धनि यी गायिकाको गायन प्रतिभासँगै मर्किने कम्मरले धेरैको ध्यान आकृष्ट गर्छ ।
तर समय समयमा चर्चा चल्छ, ईन्दिरा किन फिल्म खेलिनन् ? फिल्म क्षेत्रसँग नै जोडिन्न भनेर कुनै बेला कसम खाएकी ईन्दिराले ‘फन्को’ नामको फिल्ममा ‘लोकल ब्युटी लोकल’ बोलको गीतमा आईटम डान्स समेत गरेकी थिईन् । तर उध्रेको चोली गायिका त्यसयता फिल्ममा कम्मर मर्काएर देखिएकी छैनन् ।
आखिर फिल्मप्रति किन चासो छैन् ईन्दिराको ? सोमबार राजधानीमा मिडियाकर्मीमाझ भेटिएकी ईन्दिराले फिल्म खेल्न आँट नभएको नै स्विकार गरिन् । ‘मलाई अभिनय भन्ने केहि पनि आउँदैन्, म्युजिक भिडियोमा जस्तो केहि मिनेट देखिएर दुई, तीन घण्टाको फिल्ममा काम गर्न पक्का गार्हो छ, त्यसैले फिल्ममा नदेखिएकी हुँ’, ईन्दिराले स्विकार गरिन् ।
उनले भोलीको दिनमा वर्कसपमा सामेल भएर आफु सुहाउँदो कथा आएमा अभिनय खारियो भने फिल्ममा पनि आउन सक्ने समेत बोलिन् । गायन विधासँगै जोडिएका कोहि सेलिब्रेटीको बायोपिक फिल्म बन्यो भने त्यसमा भने काम गर्नसक्ने आँट मनमा पलाएको उनको कथन थियो ।