मुम्बई(एजेन्सी) । बलिउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘ट्यूबलाइट’ले विश्वमा नै एक ठूलो धमाका गर्ने तयारी गरेको छ । तर सलमानको फिल्मको धमाका यसपटक चीनमा विशेष किसिमको हुनेछ । जुन कामका लागि सलमानले भित्री तयारी शुरु गरेका छन् ।
यो फिल्ममा सलमानका साथमा चिनियाँ अभिनेत्री झू झू प्रमुख भूमिकामा छिन् । यसै खास कारणले चीनमा आफ्नो फिल्मको निकै चासोका साथ प्रमोट गर्ने तयारीमा छन् । फिल्मको प्रमोशनका लागि सलमान चीनका अलग अलग शहर पुग्दैछन् ।
फिल्मका निर्देशक कविर खानले चीनमा फिल्मका लागि लिएर ठूलो योजना बनाइएको बताए । ‘चीनमा बजार पनि ठूलो छ, यसका साथै फिल्ममा एक चिनिया अभिनेत्री पनि छिन् । चीनकी अभिनेत्री फिल्मकी एक हिस्सा हुन्, यसकारण चीनमा फिल्मलाई लिएर ठूलो सम्भावना छ र हामी ट्युबलाइटलाई ठूलो महत्वकासाथ रिलिज गर्ने प्रयास गरिरहेका छौं ।’ उनले भनेका छन् । ट्युबलाइटको ट्रेलर दुई दिन पछि रिलिज हुँदैछ ।