देशको राजधानी काठमाडौं महानगरपालिका भित्र रहेर पनि महानगरमा अटाउन नसकेकाहरुको पीडा बोल्नेगरी फिल्म ‘महानगर’ घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको औपचारिक घोषणा भयो ।
मोहन राईको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा कर्मा शाक्य र मेनका प्रधान लिड अभिनयमा हुनेछन् । यसअघि यो फिल्ममा केकी अधिकारी लिड अभिनयमा रहने चर्चा थियो । तर अन्ततः केकीको समय नमिलेको भन्दै उनको ठाउँ मेनकाले लिएको निर्माण टिमले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै निर्देशन राईले भने, ‘महानगर काठमाडौं वा यो जस्तै महानगरको किनारामा बस्ने मानिसहरुको पीडा, दुःख र एक्लोपनको कथा हो ।’ गोविन्द पराजुली कार्यकारी निर्मातामा छन् । यहि बैशाख २७ बाट फिल्म फ्लोरमा जाने बताईएको छ ।