सन् १९९० को दशककी चर्चित वलिउड अभिनेत्री रविना टण्डन पछिल्लो पटक ‘मातृ’ नामको फिल्मबाट वलिउडमा पुनरागमन गर्दैछिन् । सोहि समयकी प्रतिस्पर्धी अभिनेत्री मनिषा कोईरालाले पनि ‘डियर माया’ फिल्मबाट कमब्याक गर्दा रविना र मनिषा यो बर्ष सँगसँगै प्रतिस्पर्धा गर्दैछन् ।
यो फिल्म २१ अप्रिलमा रिलिज भईसकेको छ । यो बीचमा रविनाले फिल्म छायांकन ताकाको रहस्य खोलेकी छिन् की दिल्लीमा छायांकन चल्दा बलात्कारको दृश्य दिएपछि उनी तीन दिन निदाएकी थिईनन् । त्यसपछि उक्त दृश्यको लागी स्वरांकन गर्न समेत तोकिएको मितिमा हिम्मत नआएको रविनाले खुलाएकी छिन् ।
‘छायांकनमा दृश्य दिएपछि तीन दिनसम्म त निद्रा लागेन्, स्वरांकनको समयमा समेत आँखााबट आु झर्यो, रविनाले भनेकी छिन् । उक्त फिल्ममा उनले अन्यायमा परेकी नारीले कानुनको हात लिएर गरेको बिद्रोह र त्यसमा सफलता पाएको नारीको भुमिका निभाएकी छिन् ।