अमेरिकन डिज्नी च्यानललले आयोजना गर्दै आएको ट्यालेन्ट शो ‘सोए लुना’- डाईन् आउफ्ट्रीट’ मा नेपाली मुलकी मलिसा गुरुङ उत्कृष्ट पाँचमा छनौट भएकी छिन् । गायन र नृत्यकला सम्बन्धी उक्त ट्यालेन्ट शोको अन्तिम प्रतिस्पर्धाका लागि उनी छानिएकी हुन् ।
प्रतियोगितामा जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियाका अन्य प्रतियोगिलाई पछि पार्दै उत्कृष्ट उनी पाँचमा पर्न सफल भइन् । जर्मनी स्थित ब्रेमेन शहरमा बसोबास गर्ने ११ वर्षिय मलिसाको जर्मन भाषामा गाएको गीत समेत सार्वजनिक छ ।
कार्यक्रम मे महिनाको पहिलो साता सोमबारदेखि शुक्रबारसम्म डिज्नी जर्मनीमा बेलुकी ८ बजे प्रदर्शन हुँदै आएको छ । प्रतियोगिताको बिजेता भने मे ५ बाट मे १८ सम्ममा प्राप्त हुने अनलाईन भोटको आधारमा तय हुने बताइएको छ ।
मलिसा अन्तराष्ट्रिय कलाकार संघका अध्यक्ष एवं एनआरएनए जर्मनीका सांस्कृतिक संयोजक बेल गुरुङ कि छोरी हुन् । अनलाईन भोटिङ् खुला भईसकेको अवस्थामा मलिसाले भिडियो मार्फत सम्पूर्णमा आफुलाई भोट गर्न अनुरोध गरेकी छन् ।
उनलाई अनलाईनबाट यसरी भोट दिन सकिन्छः
http://gewinnspiele.disney.de/soy-luna-die-finalisten