अनेकन कलाकारहरु राजनीतिक पार्टीको वकालत गर्दै हिँड्दा अनि झण्डा बोक्दै हिँड्दा आजसम्म कुनै पार्टीको विचार नबोली तटस्थ देखिँदै आएका महानायक राजेश हमाल शनिबार एकएक नेकपा एमाले पार्टीको चुनावी प्रचारमा हिँडेको भन्ने खबरले यतिबेला सामाजिक सञ्जाल गर्मिएको छ । कतिले हमाल गुपचुप एमाले पार्टी प्रवेश गरेको तर्क गरेका छन् त कतिले चुनावी माहोल गर्मिँदै गर्दा हमाल जस्तो मान्छेले पार्टी राजनीतिमा लाग्नु गलत भन्दै आलोचना समेत गरेका छन् ।
यो बीचमा सिनेखबर श्रोतलाई हमाल एमालेको चुनावी प्रचारमा हिँड्नुको रहस्य प्राप्त भएको छ । हमालका स्वकिय सचिव रोशन हमालले महानायक एमाले प्रवेश नगरेको बताएका छन् । सुर्य अंकित झण्डाको अघि पछि रहेर चुनाबी प्रचारमा हमाल हिड्नुको पछाडी व्याक्तिगत सम्बन्ध भनिएको छ ।
सिनेखबरसँगको कुराकानीमा रोशनले भने, ‘उहाँ राजनीतिक पार्टी प्रवेश गरेर मैदानमा देखिनुभएको होईन्, टोलसुधार समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २६ का अध्यक्ष पदका उमेद्वार देवेन्द्र रिमालसँगको व्याक्तिगत सम्बन्ध र छिमेकीको सम्बन्धको कारण महानायक उनको पक्षमा मात्रै देखिनुभएको हो ।’
राजेश हमाल अहिलेसम्म न्युटल रहेको मान्छे, एमालेको विचार पच्छ्याएर अनि पार्टी जिताऔँ अभियानमा नलागेको भन्दै टोल सुधार समितिको अध्यक्ष पदमा रहँदा रिमालले गरेको राम्रो कामको प्रसंशा गर्दै राम्रो मान्छेलाई जिताऔं भन्ने उद्देश्यले नै उनको लबिङमा उत्रिएको बताईएको छ ।
एमाले प्रचारमा देखिएका हमालको तश्विर आएसँगै सामाजिक सञ्जालमा यो विषय भाईरल बनिरहेको छ । उनको उक्त तश्विरलाई जोडेर ट्रोल समेत बनेका छन् ।