असार ३० लाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानमा हुन लागिरहेको ‘प्रिमियर’मा सहभागी हुन निर्माता सुनिल रावल र अभिनेता सुशिल श्रेष्ठ जापान प्रस्थान गरेका छन् । यहि मे १४ मा टोकियोमा फिल्मको भव्य प्रिमियर हुनेछ ।
सोमबार निर्माता रावल र अभिनेता श्रेष्ठसँगै सञ्चाकर्मी द्वय श्याम अर्याल र सचित खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् । जापानमा बस्दै आएका ईश्वर श्रेष्ठ र सुवास लामिछानेले प्रिमियरको चाँजोपाँजो मिलाएका हुन् । श्रेष्ठ र लामिछानेले फिल्मको लगानीमा पनि साझदारी गरेका छन् ।
मे १४ को साँझ जापानी समय अनुसार साँझ साढे पाँच बजे टोकियो स्थित ‘नाकानो जेरो’ हलमा ‘सायद २’ को प्रिमियर हुनेछ । जहाँ नेपालबाट गएको टोलीले उपस्थिती जनाउने छ, जापानी दर्शकसँज बसेर फिल्म हेर्नेछ ।
केहि हप्ता पहिले रिलिज फिल्मको ट्रेलरले सामाजिक सञ्जालमा चर्चा कमाउँदो छ । फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । दुर्गिस फिल्मस् को व्यानरमा वनेको यो फिल्ममा सुशिलसँगै स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगर लगायतको अभिनय छ ।