मुम्बई(एजेन्सी) । बलिउडकी सुन्दरी नायिका क्याट्रिना कैफले अब हिन्दुस्तानलाई ठग्ने भएकी छन् । उनको यो ठगाई भने वास्तविक हुने छैन र कसरी ठग्दैछिन् भन्ने पनि खुलेको छैन । बलिउड फिल्म ‘दंगल’ गर्ल फातिमा सना शेख पछि अब क्याट्रिनाले हिन्दुस्तान ठग्न लागेकी हुन् ।
क्याट्रिना र फातिमा यशराज फिल्म्सको मेगा प्रोजेक्ट फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा अनुबन्धित भएपछि उनीहरुले फिल्मी पर्दामा हिन्दुस्तानलाई ठग्न लागेका हुन् । यो फिल्ममा बीग बी अमिताभ बच्चन, मिम्टर परफेक्शनिस्ट आमिर ख़ानको पनि अभिनय हुनेछ ।
आमिरले ट्वीटरमा ‘हाम्रो अन्तिम ठग आइपुगे, स्वागत क्याट्रिना’ भन्दै ट्वीटेका छन् । यो फिल्म सन् २०१८ को दिवालीमा रिलिज हुनेछ ।
फिल्का निर्देशक विजयकृष्णा आचार्य हुन् । फिल्मको सुटिङ जुनबाट शुरु हुनेछ ।