मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई अन्डरवल्र्ड डन हाजी मस्तानका छोरा सुन्दर शेखरले ज्यानको धम्की दिएका छन् । सुन्दरले रजनीकान्तलाई आगामी फिल्ममा सुन्दरको पितालाई अन्डरवल्र्ड डन या लागुऔषवालाको रुपमा देखाएमा जे पनि हुनसक्ने धम्की दिएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार रजनीकान्त चाँडै नै एक फिल्ममा हाजी मस्तानको भूमिकामा अभिनय गर्दैछन् । सुन्दरले रजनीकान्तलाई लिगल नोटिस पठाएर ‘मलाई थाहा भयो कि तपाई हाजी मस्तानमा आधारित रहेर ‘गडफादर’ नामको एक फिल्म बनाउँदै हुनुहुन्छ । तर ध्यान दिनुहोला यो फिल्ममा उनको खराब छवि हुनुहुँदैन । हाजी मस्तानको छवि अन्डरवल्र्डको डन र स्मग्लर भन्ने बताइएको छ, जुन कुरा सबै गलत हुन् । उहाँ एउटा राजनीतिक पार्टीको कार्यकर्ता हो ।’ भन्ने उल्लेख गरेका छन् ।
‘उहाँलाई एक स्मग्लर वा अन्डरवल्र्डको रुपमा प्रस्तुत गर्नु मेरो लागि अपमानजनक हुन्छ र यो मलाई बिल्कुल मञ्जुर छैन । उहाँलाई स्मग्लिङ र अन्डरवल्र्ड गतिविधिका कारण कुनै पनि अदालतले अपराधी साबित गरेको छैन ।’ सुन्दरको लिगल नोटिसमा उल्लेख छ । सुन्दर हाजी मस्तानका धर्मपुत्र हुन् ।