बलीउड अभिनेत्री कंगना रनोट एक सफल अभिनेत्री हुन् । बलीउडमान यदी कोही अभिनेत्रीका चलचित्र चलचित्र चल्छ भने ति हुन् कंगना । उनको अभिनयलाई एकपटक हेर्नका लागि भएपनि दर्शकहरु दलसम्म जाने गर्छन । छानेर चलचित्र खेल्न माहिर कंगना अहिले केही चलचित्रको छायाँकनमा व्यस्त छिन् । चलचित्रको कारण भन्दा पनि उनी बेला बखतमा आफ्नो अभिव्यक्तिका कारण खुबै चर्चामा आउने गर्छिन । हालै एक अभिव्यक्तिले कंगनालाई फेरी विवादित बनाएको छ । ‘इन्डिया कल्चर फेसन विक’मा पत्रकारले सोधेको प्रश्नको उत्तर दिएपछि उनी विवादमा तानिएकी हुन् । पत्रकारले विवाहको विषयमा प्रश्न गरेपछि कंगनाले भनेकी छिन्, ‘मेरो एउटा विवाह हुन सक्छ भने अर्को किन हुन सक्दैन । मेरो एउटा विवाह हुन सक्छ भने धेरै विवाह पनि हुन सक्छ ।’ उनको यो अभिव्यक्तिले यति बेला बलीउड राम्रै गर्माएको छ । पछिल्लो समय उनी बलीउड अभिनेता रितिक रोशनसँगको शितयुद्धका कारण पनि चर्चामा छिन् ।