अन्तराष्ट्रिय तहको ‘बुडोकन कराते कप २०१७’ च्याम्पियनसीप युएईमा सम्पन्न भएको छ । विभिन्न राष्ट्रहरु द्वारा सम्मेलित खेलमा नेपाली कराते डो टिमका खेलाडीहरुले पनि सहभागिता जनाएका थिए ।
खेलमा अस्ट्रेलिया,इजिप्ट, इरान,युएई,इण्डिया,फिलिपिन्स, लेबनान, श्रीलंका , नेपाल लगाएतका राष्ट्रहरुको सहभागी खेलाडीहरु द्वारा काता, कुमिते लगाएर चेम्पीयन शिप कराते खेलहरु खेलाइएको थियो ।
उक्त खेलमा नेपालको तर्फदेखि विभिन्न बिधा र क्याटेगिरी गरि दर्जन खेलाडिहरुले सहभागिता जनाएका थिए । बिदेशमा रहेर पनि कामको वाबजुत खेल खेली नेपालको गौरब विश्व सामु पुर्याएका थिए । नेपाली कराते डो देखि टिमको निर्देशन पवित्र भण्डारीले गरेका थिए । हेड कोचमा पुर्ण लामा ,पशुराम घिमिरे, फाइ लामा रहेका थिए भने नेपालको तर्फ बाट रबि शाही, प्रेम श्रेष्ठ, विशाल थापा मगरले रेफ्रीको भुमिका निभाएका थिए ।
जसमा खेलाडी कोर्डिनेटर हिरालाल श्रेष्ठ र राजिब सुनार ले गर्दा नेपालको तर्फदेखी अफिसियल सहयोगीहरुमा मनोज काउछा, पृथी छक बुडामगर, रमाकान्त बास्तोला, मदन अधिकारी, भानुभक्त पौडेल, कमल पोख्रेल, प्रेमा सुब्बा,प्रबिन काजी श्रेष्ठ ,योगि सिंह ,दुर्गा सुनार आदि उपस्थित थिए ।
अन्तर्राष्ट्रिय तहको उक्त कराते खेलमा नेपालको तर्फ देखि सहभागी खेलाडीहरु मा दिनेश सिगा ( ५० केजि , २१/२५ ) कुमिते , रामु सुनार ७५ केजि कुमिते काता , लक्षमण थापा मगर ( ५० केजि,२६/३०) कुमिते, उत्तम गुरुङ्ग ( ४५ केजि २१/२५ ) कुमिते, राम बहादुर तामाङ्ग ७० केजि, बिपिन श्रेष्ठ ९० केजि कुमिते, बिनोद राई ५५ केजि कुमिते , कुमार भुसाल ७५ केजि कुमिते , मीन राज चौधरी कुमिते, पुश्प न्यौपाने ५५ केजि कुमिते ,बिजय तामाङ्ग ५५ केजि कुमिते , केन्जल श्रेष्ठ ३० केजि कुमिते काता, मा प्रतिस्पर्धा गरेका थिए ।
उक्त खेलमा नेपाली खेलाडिहरुमा ‘च्याम्पियन अफ च्याम्पियन’ नेपाल कै खेलाडी कुमार भुषाल बने भने बिपिन श्रेष्ठ ९० केजि कुमितेमा प्रथम, कुमार भुसाल ७५ केजि कुमितेमा प्रथम ,पुश्प न्यौपाने ५५ केजि कुमितेमा प्रथम , बिजय तामाङ्ग ५५ केजि कुमितेमा प्रथम , केन्जल श्रेष्ठ ३० केजि कुमिते कातामा प्रथम र तृतिय, बिनोद राई ५५ केजि कुमितेमा द्दितिय,लक्षमण थापा मगर ( ५० केजि,२६/३०) कुमितेमा द्दित्तिय,दिनेश सिगा ( ५० केजि , २१- २५ ) कुमिते मा तृतिय, राम बहादुर तामाङ्ग ७० केजि कुमिते तृतिय,मीन राज चौधरी कुमितेमा तृतिय, बने ।
बिजयी पस्चात खेलाडी हरु नेपाली झण्डा फहराउदै खुसियाली मनाएका थिए । खेल हेर्न अएका नेपाली दर्शकहरु पनि नेपाली झण्डा फहराउदै खेलाडीहरुलाई बधाइ दिएका थिए । यो सफलतापछि नेपाली टिमको नेतृत्व लिएका निर्देशक पवित्र भण्डारीले देशको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फरफराउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै यो सफलता समग्र नेपाल र नेपालीको रहेको बताए । भण्डारी कराँतेका थर्ड डन हुन् ।