आईतबार साँझ रिलिज गरिएको फिल्म ‘२ रुपैयाँ’को एक गीत रिलिजको २४ घण्टामै लोकप्रिय बनेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै आशिफ शाह फिचरिङमा रहेको गीत एक दिनमै साढे तीन लाख पटक हेरिएको छ ।
युट्युवमा २४ घण्टा पुग्दा यो समाचार तयार पार्दा सम्म गीत ३ लाख ५२ हजार पटक हेरिसकिएको छ । करिब ९ हजार लाईक पाउँदा हजार आसपास कमेन्ट व्यक्त छन् । अधिकांश कमेन्ट सकारात्मक छन् । गीतको हरेक लाईनलाई दर्शक तथा श्रोताले मन पराएका छन् ।
पहिलो टक एकसाथ पर्दामा देखिएका बस्नेत दम्पतिलाइ दर्शकले ‘वाहि वाहि’को तारिफ दिएका छन् । टिपिकम नेपाली परिवेशको लोकेशन, पहिरन तथा कोरियोग्राफी र शब्द चयन सहित आएको गीतले तहल्का मच्चाईसक्दा फिल्मप्रति पनि दर्शकको चासो बढेको छ ।
भदौ २३ मा रिलिज हुने फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् । जिटुवान प्रोडक्सन र व्ल्याकहर्स पिक्चर्सको ब्यानरमा फिल्म तयार भएको हो । कमेडी जनरामा फिल्म बनेको छ ।