काठमाडौं । मोरङ उर्लाबारीकी २० वर्षीया निकिता चन्दक सन् २०१७ को ‘मिस नेपाल’ बनेकी छन् । होटल अन्नपूर्णमा शुक्रबार बेलुकी अबेर सम्पन्न प्रतियोगितामा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । यो उपाधिसँगै उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् । चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन गरेकी छन् ।
वर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठ र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले चुमिन् । सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भइन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् । प्रतियोगिता दि हिडेन ट्रेजरले आयोजना गर्दै आएको छ ।