मुंम्बई(एजेन्सी)। मूम्बईको उच्च अदालतले बलिउडमा सर्वाधिक हिट गीत दिने गायक तथा अभिनेता हिमेश रेशमियाले श्रीमतिसँग तलाक माग्दै दिएको निवेदनलाई स्वीकृत गरिदिएको छ । हिमेशको २२ वर्ष अघि कोमलसँग विवाह गरेका उनीहरु गत वर्षको डिसेम्बरमा अलग हुने निर्णय लिँदै अदालतमा डिभोर्सको लागि निवेदन दिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिमेशको २१ वर्षको उमेरमा कोमलसँग विवाह भएको थियो । उनीहरुको एक छोरा पनि छ । हिमेशको मैरिटल रिलेशन केही समयदेखि खराब चलिरहेको थियो । त्यही कारण उनीहरु दुई बीचको सम्बन्धमा दरार पैदा भइदियो । केही समय अघि हिमेशको टेलिभिजन नायिका सोनिया कपूरसँगको सम्बन्धका विषयमा चर्चा चलेपछि कोमलसँग उनको खटपट शुरु भएको थियो ।
तर हिमेशले यो खबरलाई पटक पटक खण्डन गर्दै आएका थिए । सम्बन्धविच्छेदलाई अदालतले स्वीकृत दिएपछि कोमलले आफु र हिमेशको विवाहमा कम्पैटिबिलटीको विषयले स्थान पाएपछि अहिले आएर सम्बन्ध बिग्रिएको बताईन् । उनले आफुहरुको सम्बन्ध बिग्रनुमा सोनियाको कुनै भूमिका नरहेको दाबी गरेकी छन् । उनले आफ्नो परिवारले सोनियालाई परिवारको सदस्य नै मान्ने गरेको बताएकी छन् ।