मुम्बई(एजेन्सी) । हाल विश्वभरी नै हलिउड फिल्म ‘वन्डर वुमन’को सफल प्रदर्शन भईरहेको छ । महिला निर्देशक पेटी जेन्किन्सले निर्देशन गरेको भएर पनि यसले चर्चा पाइरहेको छ । यो फिल्मकी प्रमुख नायिका गाल गाडोट फिल्मकै लागि आफैमा ‘वन्डर’ भएको फिल्म सार्वजनिक भएपछि नयाँ खुलासाले पुष्टि गरेको छ ।
समाचार अनुसार यो फिल्मको छायांकन भईरहँदा गालको पेटमा पाँच महिनाको गर्भ थियो । उनले फिल्ममा सुपरहिरोको भूमिकामा अभिनय गरेकी छन् ।
गत नोभेम्बरमा स्टुडियोमा फर्किएर फिल्मका केही दृश्यको रिसुट गर्दा गाल पाँच महिनाको गर्भवती थिइन् । तर फिल्मको सम्पादन गर्दा सीजीआई प्रविधिमार्फत फिल्मको दृश्यमा उनको उठेको पेटलाई लुकाइएको थियो । लण्डनको लिभस्डेन स्टुडियोमा रिसुट गर्दा कस्ट्युम डिजाइनरले उनको पेट उठेको स्थानमा हरियो लुगा लगाइदिएर पेट लुकाएका थिए । ‘मैले आफ्नै जीउलाई फिल्ममा सम्पादन पछि हेर्दा यस्तो पनि हुनसक्छ है भन्ने सोचें । कतै मोटो, कतै पातलो जस्तो देखिएको थिएँ ’ उनले भनेकी छन् ।