फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्, ‘लालटिन’ र ‘आधा लभ’ ।
देवकुमार श्रेष्ठ निर्देशकिय ‘लालटिन’मा दयाहाङ राई र प्रियंका कार्की लिड अभिनयमा छन् भने निर्जन थपा, राज कटुवाल, जनक बर्तौला, ए गुरुङ, भानुप्रताप केकी अधिकारीलाई पनि देख्न सकिन्छ । भानुप्रतापले फिल्मलाई निर्माण गरेका हुन् ।
शुक्रबार बिहान राजधानीमा गरिएको प्रेस शो मा फिल्मले सुखद प्रतिक्रिया पाएको छ । यो फिल्म देशभरका ६० बराबर हलमा एकसाथ प्रदर्शनमा आएको छ ।
यस्तै शुक्रबार बाटै अभिनेत्री ऋचा शर्माको लगानीमा बनेको फिल्म ‘आधा लभ’ पनि रिलिज भएको छ । फिल्ममा ऋचासँगै अर्पण थापा र रोजिशा शाही लिड अभिनयमा छन् । अर्पण फिल्मका निर्देशक हुन् भने निर्माणमा पनि अर्पणले ऋचासँग लगानीमा साझेदारी गरेका छन् ।