असार ३० लाई प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रकर्मी तथा मिडियाकर्मीको उपस्थितीमा फिल्मको ट्रेलर रिलिज गरियो ।
यसअघि सार्वजनिक गीत ‘भन्छु आज’ अनि अडियो जुकवक्सका कारण नै सांगितिक रुपमा सशक्त देखिएको अनि गीत संगीत तथा प्रेमकथाको फिल्म निर्देशनमा अब्बल मानिने सुदर्शन थापाको कारण प्रतिक्षित बनेको फिल्मको ट्रेलर पनि आकर्षक बनाईएको छ । उपस्थित फिल्मकर्मीले ट्रेलरलाई वाउ बोले ।
ट्रेलरमा पल र पूजाको प्रेम प्रस्तुत छ भने पलले पुजा प्राप्तीको लागी गरेको संघर्षको कथा पनि जोडिएको छ । केहि सस्पेन्स त केहि रोदन बोल्ने ट्रेलरलाई पनि निर्देशक थापाले सांगितिक बनाएका छन् ।
फिल्ममा पल र पूजासँगै सरोज खनाल, रुपा राना र मोहन निरौला लिड अभिनयमा छन् । पल र सुदर्शन नै फिल्मका निर्माता हुन् ।
तश्विरः महेश्वरमान सिंह