मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान ‘ठग्स अफ हिन्दुस्तान’ मा एक ठग बनेपछि नयाँ फिल्म ‘सेल्युट’मा अन्तरिक्ष यात्री बन्ने भएका छन् । यो फिल्म भारतको पहिलो अन्तरीक्ष यात्री राकेश शर्माको जीवनीमा आधारित हुनेछ ।
आमिर चाँडै नै अन्तरिक्षको यात्रामा निस्कनेछन् । फिल्म ‘मंगल पांडे–दि राइज़िग’ पछि आफ्नो दोस्रो बायोपिक फिल्म ‘सेल्यूट’मा आमिर भारतको पहिलो अन्तरिक्ष यात्री राकेशको भूमिका निर्वाह गर्नेछन् ।
आमिरकी फ़िल्म ‘दंगल’ रिलिजको सात महिना पछि पनि सफलताको शिखरमा चढिरहेको छ । यो फिल्मले हालै मात्र चीनमा सर्वाधिक कमाई गर्ने बलिउड फिल्मका रुपमा नाम लेखायो । फिल्म ‘सेल्युट’का लागि आमिरले रोनी स्क्रूवाला र सिद्धार्थ रोय कपुरसँग भेटेका छन् । फिल्मको निर्माण आमिर, कपूर र स्क्रूवाला मिलेर गर्नेछन् । फिल्मको निर्देशन महेश मथाईले गर्नेछन् ।