मुम्बई(एजेन्सी) । बलिउडका स्टार अभिनेता सञ्जय दत्त जेलबाट छुटे पनि उनका लागि त्यो छुटाई वास्तविक छुटाई सरह बन्न सकेको छैन । मुम्बई हाइ कोर्टले उनलाई चाँडै रिहा गरेकोमा त्यसमाथि प्रश्न उठाएको छ । कोर्टले महाराष्ट्र सरकारसँग सञ्जय आफ्नो कैदको आधा समय जेल बाहिर रहिरहँदा उनलाई समय पुगेको भन्दै कसरी बाहिर निकालियो भन्दै प्रश्न सोधी स्पष्टिकरण मागेको छ ।
कोर्टले सोमबार सञ्जयको रिहाईको सम्बन्धमा सरकारसँग प्रश्न सोध्दै पत्र पठाएको हो । पत्रमा भनिएको छ, ‘सञ्जयलाई उनको राम्रो व्यवहारको हवाला दिँदै चाँडै मुक्त गएिको थियो । सञ्जय आधा समयसम्म जेल बाहिर थिए, यो बेला सरकारले कसरी उनको राम्रो व्यवहारको आँकलन ग¥यो ?’
१९९३ मा भएको सिरियल ब्लास्टको मुद्धामा सञ्जयलाई ६ वर्षको जेल सजाय भएको थियो । ट्रायलको समयमा जमानतमा चलिरहेका सञ्जयले मे २०१३ मा आत्मसमर्पण गरेका थिए । पुणेको यरवदा जेलबाट पूरा मिति भन्दा आठ महिना अघि नै २०१६ को फेब्रुअरीमा रिहा गरिएको थियो ।