वैशाख २९ गते रिलिज हुने भनिएको चलचित्र ‘रोमियो’लाई स्थानिय निर्वाचनले असर गर्यो । वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनकै कारण यसको प्रदर्शन मिति सारिएको थियो ।
वैशाख २९ गतेबाट पछाडि हटेको यो चलचित्र अब भने कात्तिक १७ गतेबाट रिलिज हुने भएको छ । निर्माता तथा नायक हसन खानले दिएको जानकारी अनुसार, वितरण कम्पनी एफडीसँग सल्लाह गरेर कात्तिक १७ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको हो ।
अब, यो डेटबाट चलचित्र पछि नसर्ने हसनले स्पष्ट पारे । उनले भने–‘हामीले वैशाख २९ गते नै रिलिज गर्ने तयारी गरेका थियौ । तर, स्थानिय निर्वाचनका कारण चलचित्रको प्रदर्शन मिति सार्नुप¥यो । अब, कात्तिक १७ मा चलचित्र रिलिज हुन्छ ।’
शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।