मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपुर र नायिका क्याट्रिना कैफ चाँडै नैअनुराग बसु निर्देशित फिल्म ‘जग्गा जासूस’मा सँगै आउँदैछिन् । यो फिल्म लामो समयदेखि केही न केही समस्याबाट गुज्रिरहेको छ । तर सबै समस्यालाई पारलगाउँदै फिल्म रिलिजको मिति नजिक आइपुगेको छ र फिल्म आगामी जुलाई महिनामा रिलिज हुँदैछ ।
फिल्मको सार्वजनिक एक तस्वीरमा यो जोडीलाई निकै रोचक पहिरनमा देखाइएको छ । उनीहरुको शरीरमा लुगाको साटो सिन्काले बनेको टोकरीले आफ्नो शरीरलाई सुहाउँदिलो बनाएका छन् । यो टोकरी उनीहरुले फिल्मको एक गीत ‘झुमरीतलैया’ मा यो टोकरी लगाएका छन् । जुन गीत चाँडै नै रिलिज हुँदैछ ।
यो गीतका अनुसार दुवैको कपडा आगोमा जलेको हुन्छ र आफ्नो शरीरका गोप्य अंग लुकाउन दुवैले बाँसका सिन्काले बनाएको टोकरी शरीरमा लगाउन बाध्य हुन्छन् । फिल्ममा रणवीर जासूसको भूमिकामा छन् । फिल्म १४ जुलाईमा हलमा आउँदैछ ।