मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको फिल्म ‘जय हो’मा काम गरिसकेकी नायिका डेजी शाह वास्तविक जीवनमा बोल्ड र विन्दास छिन् । यतिमात्र होइन्, कोही कसैले केही गल्ती गरेको थाहा पाउने वित्तिकै आक्रामक भएर त्यसको जवाफ पनि दिइहाल्छिन् ।
डेजी चाँडै नै फिल्म ‘रामरतन’मा देखिँदैछिन् । हालै मात्र उनले आफ्नो रिस कतिसम्म चढ्छ भन्ने कुरा एक अन्तर्वार्तामा बताएकी छन् ।
‘एकपटक म गाडीबाट बान्द्रास्थित लिलावती अस्पतालमा गईरहेको थिएँ । त्यहाँ मेरी बहिनीलाई भर्ना गरिएको थियो । चाँडै जानुपर्ने भएका कारण मैले एक ट्याक्सीवालालाई हर्न दिइरहेको थिएँ । मलाई हतार भएकाले मेरो हर्नको उसले वास्ता गरिहेको थिएन । मेरो लामो प्रयास पछि उसले मलाई अगाडि जान त दियो, तर उसैले गाली पनि ग¥यो । मलाई पनि रिस उठ्यो र उमाथि जाइलागें ।’ डेजीले भनेकी छन् ।
डेजीले अर्को एक घटनामा आफूल गाडी चलाईरहेको समयमा एक अटो रिक्सावाल आफ्नो पछाडि लागेको पनि उनले स्मरण गरेकी छन् । कहिले उनलाई हर्न बजाउँथे त कहिले आँखाले इशारा गर्थे । ‘त्यसपछि मैले गाडीबाट ओर्लेर के गरेको भनेर सोधेको मात्र थिएँ, ऊ उल्टो म माथि नराम्रो बोल्यो । अनि मैले उसको गालामा चड्कन दिएँ ।’ डेजीले भनेकी छन् । उनले अहिलेको समयमा जहाँ गए पनि युवतीहरु आफ्नो सुरक्षा आफै गर्न सक्ने बताइन् ।