मुम्बई(एजेन्सी) । बलिउड बादशाह शाहरुख खानले आफ्नो फिल्म ‘जब हैरी मेट सेजल’ प्रमोसनका लागि सामाजिक सञ्जालमा एउटा प्रतियोगिता शुरु गरेका छन् । शाहखले आफ्नो ट्वीटर एकाउण्ट मार्फत यो कुराको घोषणा गरेका हुन् । घोषणा गरेसँगै ‘सेजल’ नाम गरेका युवतीहरुलाई शाहरुखले अहमदावाद पुगेरै भेटेर फर्किएका छन् ।
तर यो मामला त्यसै सकिएन । सेजल नामका युवतीहरुले बलिउडका किंगलाई अझै पनि छोडेका छैनन् । यो श्रृंखला शाहरुखको घर मन्नतसम्म रह्यो । अर्थात भारतभरका झण्डै ४ सयको हाराहारीमा सेजल नामका युवती शाहरुखको घर अगाडि नै आइपुगे । उनीहरुलाई त्यहाँबाट हटाउन शाहरुखको घरका सुरक्षाकर्मीलाई निकै हम्मे नै परेको थियो । शाहरुखले भेटे या भेटेनन् भन्ने चाहिँ सुरक्षाकर्मीले केही खुलाएनन् ।