साउन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म प्रेमगीत २’ को अफिसियल पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टर टौका क्रियसनको तर्फबाट तयार गरिएका हुन् । पाँच पोस्टरमा लिड अभिनेता प्रदिप खड्का र अश्लेशा ठकुरीको प्रेम छताछुल्ल छ ।
कतै प्रदिपले अश्लेशा बोकेको भेट्न सकिन्छ त कतै दुई जनाको प्रेमभाव झल्किएको छ भने केहि दृश्यमा खलपात्र बनेका निर्माता सन्तोष सेन र प्रदिपबीचको मुक्का हानाहान पनि जोडिएको छ ।
रामशरण पाठकले फिल्म निर्देशन गरेका हुन् । फिल्मका सार्वजनिक गीत तथा ट्रेलरले लोकप्रियता बढाउँदैछन् । फिल्म युनिटले देश दौडाहा थाल्नुअघि पोस्टर रिलिज गरेको हो । तनहुँको दमौलीदेखि शुक्रबारबाट फिल्मको रोड कन्सर्ट सुरु हुँदैछ । फिल्म टिम पोखरा, नेपालगंज हुँदै पूर्वी नेपालसम्म पुग्नेछ ।