फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी एक मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ । गत हप्ता रिलिज वलिउड फिल्म ‘ट्युवलाईट’को प्रभावका कारण कुनै फिल्म आएका थिएनन् भने यो हप्तालाई पनि कारखाना बाहेक अन्य फिल्मले रिलिज आँट गरेनन् ।
अमरद्विप सापकोटा निर्देशित कारखानामा सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी लिड अभिनयमा छन् । फिल्मलाई नारी प्रधान मानिएको छ । केहि दिन पहिले गरिएको विशेष प्रदर्शनीमा फिल्मले मध्यम प्रतिक्रिया भेटेको छ ।
फिल्मको यसअघि सार्वजनिक ‘मायाले बोलेको’ बोलको गीत युट्युवमा लोकप्रिय छ । सोलो रिलिजको अबसर पाएको फिल्मले कतिको दर्शक बटुल्न सक्छ हेर्न बाँकी छ ।