भदौ ८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘तिमी सँग’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञराज्यलक्ष्मी शाह र अभिनेता आकाश श्रेष्ठ फिचरिङमा छन् । हिमाली भेगमा फिल्मको गीत खिचिएको छ ।
सार्वजनिक ‘लडें लडें’ बोलको गीतको शब्द नरेश भट्टराईको हो भने स्वर मधुरा भट्टचार्यले दिँदा संगीत राहुल मुखर्जीले भरेका छन् । गीतले फिल्म एक यात्रामा आधारित रहेको छनक दिन्छ । जहाँ निर्देशक समेत रहेका शिशिर राणा पनि फिचरिङमा छन् ।
कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् । यो फिल्ममा साम्राज्ञी र आकाशसँगै नाजिर हुसेन अनि सुनिल बिक लिड अभिनयमा छन् । केहि हप्ता पहिले फिल्मको टिजर फालिएको थियो ।