डेब्यू अभिनेता आशिरमान देशराज जोशी तथा ‘जेरी’ गर्ल आना शर्मा स्टारर फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को ट्रेलर रिलिज भएको छ । बर्ष २०७४ को प्रतिक्षित फिल्म मध्येको एक ग्याङ्गस्टरको ट्रेलर बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरियो ।
ट्रेलर मुख्यतः एक्सन प्रधान छ । जहाँ कहिँकतै प्रेमभाव पनि व्यक्त छ । युवा पुस्ताको कथा बोल्ने फिल्मको ट्रेलरमा नै देखिएको आशिरमानको कामको प्रशंसा सुरु भएको छ । आनाको कमब्याकलाई पनि प्रशंसा गरिएको छ भने संयम पुरी र रोजिशा शाहीको काममा पनि ट्रेलरले संभावना देखाएको छ ।
फिल्ममा प्रमोद अग्रहरी पनि लिड अभिनयमा छन् । भर्स्टाईल अभिनेताको उपमा पाएका प्रमोदको मुस्लिम अबतार ट्रेलरमा देख्न सकिन्छ । हेमराज बिसी निर्देशित फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भदौ २ मा फिल्म रिलिज हुनेछ ।