मुम्बई(एजेन्सी) । आइतबार परेको गुरु पूर्णिमाको मौका पार्दै बलिउड अभिनेत्री मनिषा कोइराला आफ्नो गुरुको आशिर्वाद लिन हरिद्वार पुगेकी छन् । मनिषाले हरेक व्यक्तिले आफ्नो जीवनमा शान्ति पाउनका लागि एक गुरुको आवश्यकता पर्ने बताइन् ।
‘म यहाँ गुरु पूर्णिमाको अवसर पारेर गुरुको आशिर्वाद लिन आएकी हुँ । पछिल्लो समय आध्यात्मतिर मेरो ध्यान निकै गएको छ । तीन चार वर्षदेखि यसमा झुकाव छ । म मनको शान्तिका लागि चेन्नाइको युनिभर्सिटी र हरिद्वार पाइलट बाबाकोमा पुग्छु । ’
मनिषाले हालै मात्र आफ्नो दुई फिल्मको सुटिङ पुरा गरेकी छन् । केही समय अघि मात्र उनी अभिनित फिल्म ‘डियर माया’ रिलिज भएको थियो ।