५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका नायक विराज भट्ट अभिनित नेपाली चलचित्र ‘जय परशुराम’ दोस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनमा आएको दिनदेखी सुखद व्यापार गरिरहेको चलचित्र ‘जय परशुराम’ ले हिजो बिहिबार भने प्रदर्शनमा आएको अन्य दिन भन्दा उच्च व्यापार गरेको वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् । हिजो बिहिबार राजधानी भित्र र बाहिरका अधिकांश सिंगल थ्रिएटरहरु हाउसफुल रहेका थिए । वितरक कम्पनीका अनुसार बिहिबार चलचित्र जय परशुरामले अन्य दिनको तुलनामा आक्रामक व्यापार गरेको छ ।
रोज राणाले निर्माण र निर्देशन गरेको यो चलचित्रमा विराट भट्ट, निशा अधिकारी, रविन तामाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । विराजको धमाकेदार एक्शनले पनि चलचित्र जय परशुरामले दोस्रो हप्तामा सुखद व्यापार गर्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ । हिजो बिहिबार चलचित्र जय परशुरामले उच्च व्यापार गरेसँगै यो चलचित्रसँग अन्य दुई चलचित्र पनि प्रदर्शनमा आएका छन् । अहिले देशव्यापी प्रदर्शनमा ‘जय परशुराम’ सँगै चलचित्र ‘वीर विक्रम’ र ‘चपली हाईट २’ रहेका छन् ।