लामो समय अमेरिका बसाईपछि ‘ब्रासलेट’ बाट नेपाली चलचित्रमा कमब्याक गरेका नायक रमेश उप्रेतीको यो चलचित्र भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । केही बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका नायकहरुको सुखद यात्रा देखिरहेको अबस्थामा रमेश उप्रेतीको कमब्याक कस्तो होला त्यो भने भदौ १७ पछि नै थाहा हुनेछ । तर उनले केही महिना अगाडी नै चलचित्र ‘ऐश्वर्य’ निर्माण गर्ने बताइसकेका छन् । चलचित्र ब्रासलेट रिलिज भएपछि आधिकारीक निर्माण घोषणा गर्ने तयारीमा रहेका रमेश उप्रेतीले आफ्ना चलचित्रका लागि नायिका भेटेका छन् ।
आफ्नो प्रमुख भुमिका रहेने चलचित्र ऐश्वर्यमा रमेश उप्रेतीले दीपिका प्रसाईलाई फाइनल गरेका छन् । निर्देशक दिवाकर भट्टराईले दीपिका प्रसाईलाई अडिसनबाट नायिकाको रुपमा छनौट गरेको जानकारी दिए । २२ वर्षकी दीपिकाले चलचित्र भित्र सुपरमोडलको रुपमा अभिनय गर्नेछिन् । धनगढी अतरियाकी स्थायी घर भएकी दीपिका मोडलिङ् सक्रिय छिन्। उनले केही टप ब्रान्डका लागि मोडलिङ् गरेकी छन्। ५.६ इन्च उचाइ भएकी २२ वर्षिया दीपिकाले सामाजिक कार्य विषयमा के एण्ड के कलेजबाट स्नातक गरेकी छन्। वैष्णोदेवी फिल्मको ब्यानरमा बन्ने यो चलचित्रमा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा निर्माता रहनेछन्। चलचित्रमामा रमेश, दीपिकासँगै प्रशान्त ताम्राकार र केकी अधिकारीको पनि मूख्य भुमिकामा रहनेछ । भदौको अन्तिम साताबाट यो चलचित्रको छायाँकन सुरु हुँदैछ ।