मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘ब्लाइन्ड रक्स’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बेनिशा हमाल दृस्टीबिहिनको अवतारमा देखिएकी छिन्।
भक्तपुरकी श्रृष्टी केसीको वास्तविक जीवनमा आधारित रहेर यस फिल्मको निर्माण गरिएको हो। श्रृष्टीले १६ बर्षको उमेरमा नै डाक्टरको लापरवाहीका कारण आफ्ना दुबै आँखा गुमाएकी थिइन्। फिल्ममा बेनिशाले श्रृष्टीको भूमिका निर्वाह गरेको छिन्।
फिल्मले अगष्ट ५ मा बेलायतमा प्रिमियर गर्दै छ। त्यसैको लागि पनि फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। नेपालमा पौष २८ गतेबाट रिलिज हुने यस फिल्ममा बेनिशाका अलावा अर्पण थापा, नाजिर हुसेनको पनि मुख्य भूमिका रहेको छ। फिल्मलाई निकेश लिम्बुले निर्माण गरेका हुन्।