मुम्बई(एजेन्सी) । बलिउड अभिनेता इन्दर कुमारको निधन भएको छ । उनको शुक्रबार बिहान मुम्बईस्थित अँधेरीको फोर बंगलोस्थित आफ्नो घरमा हृदयघात भएपछि ४५ वर्षको उमेरमा निधन भएको हो । उनले बलिउडमा २० भन्दा बढी फिल्ममा काम गरेका थिए ।
उनले सलमान खानसँग ‘तुमको ना भूल पाएँगे’ फिल्ममा काम गरेका थिए । निधन हुनु अघि उनी फिल्म ‘फटी पडी है यार’को सुटिङमा व्यस्त थिए । उनले बलिउडमा आफ्नो करियर सन् १९९६ मा फिल्म ‘मासूम’बाट शुरुवात गरेका थिए । २०१७ मा रिलिज भएको ‘हु इज द फर्स्ट वाइफ अफ माई फादर’ फिल्म उनी अभिनित अन्तिम फिल्म थियो ।
उनले सलमानसँगै फिल्म ‘वान्टेड’मा सलमानको भाई बनेर अभिनय गरेका थिए । जुन फिल्मबाट उनले निकै प्रशंसा पनि पाएका थिए ।