मुम्बई(एजेन्सी) । तेलगु फिल्मका सुपरस्टार रवि तेजा लागुऔषधको कारोबार गरेको आरोपमा तेलंगाना एक्साइज डिपार्टमेन्टको विशेष अनुसन्धान टिम(एसआइटी)सामु शुक्रबार उपस्थित भएका छन् । केही दिन अघि एसआइटीले एक हाइप्रोफाइल ड्रग रेकेटको पर्दाफास गरेपछि रविको नाम पनि मुछिएको थियो ।
एसआइटीले १२ जना लागुऔषधसँग संदिग्ध व्यक्तिहरुलाई पत्र पठाउँदा रविको नामा पनि पत्र गएको थियो । एसआइटीले यो विषयमा केही व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ । बिहीबार मात्र अभिनेत्री मुमैथ खान पनि एसआइटी समक्ष पुगेकी थिइन् ।
रविलाई दक्षिण भारतमा ‘मास महाराजा’को नामले चिनिन्छ । उनको फ्यानको संख्या पनि लाखौं छ । हालै मात्र रविको परिवारले रविले कुनै पनि हालतमा लागुऔषधको प्रयोग नगर्ने दाबी गरेका थिए । रवि तेजाले जग्नागधको धेरै फिल्ममा काम गरेका छन् ।