बलीउडस्टार अक्षय कुमार अभिनित चलचित्र ‘रुस्तम’ ले अहिले भारतमा आक्रामक कमाई गरिरहेको छ । रिलिजको पहिलो दिन शुक्रबार १४.११ करोडबाट आफ्नो यात्रा सुरु गरेको ‘रुस्तम’ ले एक हप्तामा ९०.९० करोडको विजनेश गरेको छ । अब यो चलचित्रले १० करोड कमाए यस बर्ष तिन फिल्म सय करोडमा प्रवेश गराउने अक्षय कुमार एक्ला अभिनेता बन्नेछन् । यसअघि उनको यो बर्ष ‘एयरलिफ्ट’ र ‘हाउसफुल ३’ नामक चलचित्रले सय करोड कमाएका थिए । लगातार सार्वजनिक विदा परेका कारण पनि अक्षय कुमारको ‘रुस्तम’ ले ९० करोडमाथीको विजनेश गर्न सकेको भारतीय मिडियाहरुले बताएका छन् । समिक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको ‘रुस्मत’ मा अक्षय कुमार, इलियाना डिक्रूज, ईशा गुप्ता, अर्जन बाजवा, कुमुद मिश्रा र पवन मल्होत्रा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई टीनू सुरेश देसाईले निर्देशन गरेका हुन् ।